आवेदन फारममा निम्नलिखित विवरण उल्लेख गरेर हामीलाई पठाउनु होला
- १. विद्यार्थीको पुरा नाम।
- २. ठेगाना र जन्म मिति।
- ३. आफ्नो अभिभावकको सम्पर्क फोन नम्बर। कृपया दुई ओटा सम्पर्क नम्बर दिनुहोला।
- ४. प्यूठान जिल्लामा अवस्थित सामुदायिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरेको विद्यालयको नाम र ठेगाना।
- ५. २०८१ सालमा सहभागी एसइइ परीक्षाको सिम्बोल नम्बर।
- ६. कक्षा ११ र १२ अध्ययन गर्न चाहेको प्यूठान जिल्लामा अवस्थित कुनै एक सामुदायिक विद्यालयको नाम र ठेगाना।
- ७. पढ्न चाहेको विषय स्पष्ट खुलाउनु हाेला।
- ८. के कारणले गर्दा आफुलाई ड्रिम १०० छात्रवृतिको लागि योग्य ठान्नुहुन्छ? आफ्नो पारिवारिक विवरण खुलाई उल्लेख गर्नुहोस्। तपाईको पारिवारिक अवस्था र लगनसिलता हेरेरनै हामी तपाईलाई छनोट गर्ने छौँ।
आफ्नो विवरण तल उल्लेखित कुनै एक माध्ययम मार्फत हामीलाई पठाउन सक्नुहुने छ।
- १. अनलाईन फारम भरेर पठाउनुहोस, लिंक :https://dream100.org/form-2082
- २. हामीलाई फोन/ईमेल गरेर पनि आफ्नो विवरण पठाउन सक्नुहुने छ।
- फोन: +९७७ (९७४) ८७०-३८३०, ईमेल: hello@dream100.org
फारम बुझाउने अन्तिम मिति: जेठ ३१, २०८२, शनिवार
आवेदन फारम अनलाईन