प्यूठान जिल्लामा सामुदायिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरि आर्थिक अभावले कक्षा ११ र १२ अध्ययन गर्न समस्या हुने विद्यार्थीहरुलाई निशुल्क छात्रवृत्ति प्रदान गर्ने पवित्र उद्देश्यले स्थापित संस्था हो Dream100 | शैक्षिक सत्र २०७८/७९ देखि हालसम्म प्यूठान जिल्लाका बिभिन्न विद्यालयका ६८ जना विद्यार्थीहरुले Dream100 छात्रवृत्ति कार्यक्रम अन्तर्गत निशुल्क छात्रबृत्ति प्राप्त गरिसकेका छन् |

यस पांच बर्षको दौरानमा छात्रवृत्ति प्राप्त गरि हाम्रो Dream100 परिवारमा जोडिनुभएका विद्यार्थीहरुले आ-आफ्नो स्थानमा उत्कृष्ठ काम गरिरहनु भएको छ | यस परिवारमा जोडिएका बिद्यार्थीहरु रास्ट्रसेवक कर्मचारीकोरुपमा राष्ट्र सेवा गर्ने देखि निशुल्क छात्रवृत्ति प्राप्त गरि उच्च शिक्षा हाँसिल गरिरहेको देख्दा हामी एकदमै खुसि छौं | हाम्रो यस यात्रामा सहकार्य गर्ने विद्यार्थीहरु, अभिभावकहरु, विद्यालय परिवार तथा सम्पूर्ण सरोकारवालाहरुलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौं |

यस संस्थाको स्थापनाकाल देखि पाँच बर्ष लगातार छात्रवृत्ति प्रदान गर्ने पहिलो चरणको प्रतिवद्दता हामीले पुरा गरेका छौं | हामीले दोस्रो चरणमा संस्थाको कार्ययोजना थप परिमार्जन गरेर अगाडी बढ्नुपर्ने चुनौती हामीसंग छ | त्यसैले, यस बर्षदेखी सदाझैँ संचालन भईरहेको Dream100 छात्रवृत्ति कार्यक्रम संचालन नहुने व्यहोरा जानकारी गराउन चाहन्छौं | यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं | हामी थप परिमार्जितरुपमा प्रभावकारी कार्यक्रमहरु लिएर आउने प्रतिबद्दता व्यक्त गर्न चाहन्छौ |

धन्यबाद |

मिति: बैशाख ३, २०८३