• ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
  • फोन: +९७७ (९७४) ८७०-३८३०
  • ईमेल: hello@dream100.org
  • +९७७ (९७४) ८७०-३८३०
  • hello@dream100.org

छोरा छोरिको उच्च शिक्षा, धेरै आमा बाबुको लागि गरिबी बाट उन्मुक्ति पाउने एक मात्र आशा हो ।

कलेज पढ्न नसक्नु भनेको बाबु आमाको त्यो आशा मरेर जानु हो ।

एकजना विद्यार्थीको कक्षा ११ र १२ पढ्न जम्मा वार्षिक शुल्क करिब रु. १०,००० जति लाग्छ। कलेजको शुल्क तिर्न नसकेर बर्सेनि सयौँ विद्यार्थीहरु पढ्न छाडेर मजदुरीको लागी बिदेसिन बाध्य हुनु परेको छ । कलेज पढ्न सके त्यो विद्यार्थीको भबिस्य बदलिन सक्छ।

के तपाई एक जना विद्यार्थीको भविष्य बदल्न चाहनुहुन्छ?

हामी धेरै भन्दा धेरै विद्यार्थीहरुलाई कलेज पढ्न सहयोग गर्दै छौँ। त्यसको लागि धेरै रकम सङ्कलन अनिवार्य छ।

के तपाई अझ धेरै विद्यार्थीलाई कलेज पढ्न मद्दत गर्नुहुन्छ?

रित्तो खल्ती समस्या होइन, समस्या त रित्तो मस्तिस्क र रित्तो हृदय हो

तपाईको सफलता र असफलताको कथाले अरु धेरैलाई जीवनमा अघि बढ्न हौसला दिन सक्छ। केहि सल्लाह, सुझाव र हौसलाले कसैको जिवनमा उर्जा थप्न सक्छ, कुनै व्यक्तिको क्षमता उजागर गर्न सक्छ।

के तपाई लुकेका प्रतिभालाई थप हौसला र मार्गदर्शन दिन चाहनुहुन्छ?

यदि आफ्नो छर छिमेकमा कोहि तपाईले चिनेको व्यक्ति पढ्ने रहर भएर पनि पैसाको अभावले कलेज पढ्न सकेका छैनन् भने हामीलाई जानकारी दिनुहोला। हामी उहाँलाई कलेज पढ्न लाग्ने सम्पूर्ण शुल्क तिरिदिने छौँ।

आर्थिक समस्याले गर्दा कलेज पढ्न नसकेको कोहि विधार्थी छ ?

के तपाई सँग अझ राम्रो सोंच/योजना छ?

2350 +

व्यतित समय(घण्टा)