ड्रिम हन्ड्रेड(dream100) फर्म २०८२ खुल्यो
  • Airawati - 6, Pyuthan, Lumbini, Nepal
  • Phone: +977 (974) 870-3830
  • Email: hello@dream100.org
ड्रिम हन्ड्रेड(dream100) फर्म २०८२ खुल्यो
  • +977 (974) 870-3830
  • hello@dream100.org
  • Home
  • Work
    • Financial Assistanchip
    • Mentorship
    • Fundraising
  • About
    • About Us
    • Contact
    • FAQs
    • Donors
    • Dreamers
  • Get Involved
  • Events

  • Twitter
  • Facebook
Apply Form 2082
जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता

Dream100 Quiz Championship, Pyuthan

कहिले: माघ १३ गते

कहाँ: सहभागी विद्यालयहरुलाई पायक पर्ने गरि स्थान पछि तय गरिनेछ

Dream100 को आयोजनामा मिति २०७९।१०।१३ मा प्यूठान जिल्ला भित्रका माध्यामिक विद्यालयहरुको सहभागीतामा जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुन गइरहेको जानकारी गराउदछौ । तपशिलमा उल्लेखित परिधिभित्र रहि सो प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरुले पौष २० गते भित्र अनलाईन दर्ता गराउनुहुन अनुरोध छ।
अनलाईन दर्ता
  • क. हाजिरी जवाफ प्रतियोगितामा एक विद्यालयवाट सहभागी हुदा कक्षा १० सम्म अध्ययनरत ३ जना छात्र-छात्राहरु सहभागी गराउनु पर्नेछ । एक विद्यालयवाट एक वटा मात्र समूह सहभागी हुन पाउनेछ।
  • ख. यस प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरुले आफ्ना ३ जना विद्यार्थीहरु र एकजना शिक्षक प्रतिनिधी छनोट गरि नाम सहित (प्रत्येक समूहमा १ जना छात्रा अनिवार्य हुने गरि) यो सुचना प्रकाशन भएको मितिले ३० दिन भित्र सम्पर्क गर्नु पर्नेछ ।
  • ग. प्रतियोगिता चार राउण्डमा खेलाइनेछ। पहिलो र दोश्रो राउण्डमा सबै क्षेत्रबाट प्रश्नहरु पर्ने छन् भने तेश्रो राउण्डमा विभिन्न बिधाहरुबाट प्रश्नहरु रहनेछ। बिज्ञान-प्रविधि तथा गणित, समसामयिक विषयवस्तु, खेलकुद, जलवायु परिवर्तन तथा वातावरण, भाषा साहित्य (नेपाली + अंग्रेजी), भुगोल, र इतिहास लगाएतका विधाहरु रहनेछन ।उल्लेखित विभिन्न विधाहरु गोलाप्रथाद्वारा प्रत्येक समूहलाई छुट्याइनेछ। समूहलाई आफुलाई परेको विधा अनुसार उत्तर दिनुपर्ने हुन्छ। अन्तिम राउण्ड rapid fire रहेनछ । जसमा १ मिनेट भित्र १० वटा प्रश्न सोधिनेछ ।
  • घ. पहिलो र दोश्रो राउण्डका प्रश्नहरु एउटा समूहले नमिलाएको खण्डमा अर्को समूहलाई पास हुनेछ भने तेश्रो र चौथो राउण्डका प्रश्नहरु अर्को समूहलाई पास हुने छैन । पहिलो र दोश्रो राउण्डमा प्रश्न छान्ने पहिलो समूहलाई ३० सेकेण्ड समय दिइनेछ भने अन्य समूहलाई १० सेकेण्ड मात्र दिइनेछ ।
  • ङ. प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाण पत्र सहित नगद रु. दश हजार, दोश्रोलाई सात हजार र तेश्रोलाई पांच हजार पुरस्कार राशी रहेको छ । सम्पुर्ण सहभागी बिद्यार्थी तथा विद्यालयलाई प्रमाणपत्रको व्यवस्था रहेको छ ।
  • च. प्रतियोगिता संचालन गर्ने क्रममा कुनै बिषयमा द्विविधा/मतभेदको अवस्था आएमा आयोजकको निर्णयनै अन्तिम निर्णय हुनेछ ।
सम्पर्क: फेसबुक पेज facebook.com/dream100org, इमेल quiz@dream100.org वा नम्बर ९७४-८७०-३८३०

Contact Info

  • Address : Airawati - 6, Pyuthan, Lumbini, Nepal

  • Phone : +977 (974) 870-3830
  • Email : hello@dream100.org

Important Links

  • FAQ
  • Donors
  • Our Dreamers
  • Form 2079 result

Feeds

Copyright © All rights reserved | This template is made with by Colorlib