• ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
  • फोन: +९७७ (९७४) ८७०-३८३०
  • ईमेल: hello@dream100.org
  • +९७७ (९७४) ८७०-३८३०
  • hello@dream100.org

जिल्लाव्यापी माध्यमिक तह स्तरीय कविता प्रतियोगिता - प्यूठान

कविता पठाउने अन्तिम मिति: फागुन ७ गते २१ गते शनिवार

प्रिन्ट गर्नको लागी डाउनलोड लिंक (PDF)

प्रतियोगिताका नियम

  • क. प्रतियाेगी प्यूठान जिल्लाभित्र रहेका माध्यमिक विद्यालयमा अध्ययनरत विध्यार्थी हुनु पर्ने छ।
  • ख. कविता नेपाली भाषामा, १५० शब्द नबढाई लेखेको हुनु पर्ने छ।
  • ग. कविता आफ्नै रचना/लेखन हुनु पर्ने छ।
  • घ. कविता अन्यत्र प्रकाशित भईसकेको भए कविता प्रकाशनको मिति र माध्यम उल्लेख गर्नु पर्ने छ।
  • ङ. अरु कुनै प्रतियोगितामा समावेश भैसकेको कविता मान्य हुने छैन।
  • च. कविता कुनै जात, धर्म, अथवा समुदायलाई नकारात्मक असर गर्ने खालको हुनु हुँदैन।
  • छ. कविताको भाव नेपालको हाल प्रचलित कानुन पालना गरेको हुनु पर्ने छ।
  • ज. प्रतियोगिता सम्बन्धी अन्तिम अधिकार आयोजक ड्रिम हन्ड्रेड (dream100)मा निहित हुने छ।

कविताको विषयगत क्षेत्र

  • क. कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभाब र यसको न्युनिकरणका उपायहरु।
  • ख. सूचना र प्रविधिले हाम्रो समाजमा ल्याएको परिवर्तन।
  • ग. प्यूठान जिल्ला चिनाउने ईतिहास, संस्कृति, स्थान, व्यक्तित्व, वा अन्य चिनारी।

छनोट प्रकृया

  • क. कविता तीन जना निर्णयकर्ताहरुले छुट्टाछुट्टै मुल्या‍ङ्कन गर्नुहुने छ। तिन जनाबाट प्राप्त नतिजाको औशत बाट अन्तिम नतिजा प्रकाशित गरिने छ।
  • ख. पहिलो चरण: पहिलो चरणमा उत्कृस्ट १० कविता चयन गरिने छ।
  • ग. दोश्रो चरण: पहिलो चरणमा चयन भएका उत्कृस्ट १० कविता, लेखक बाट वाचन गर्न लगाउने, र नतिजा घोषणा गरिने छ।

पुरस्कार राशी

  • क. प्रथम पुरस्कार:   रु. पाँच हजार  - एक जना
  • ख. द्वितिय पुरस्कार: रु. तीन हजार   - एक जना
  • ग. तृतीय पुरस्कार:   रु. दुई हजार    - एक जना

प्रतियोगिताको सम्पुर्ण कार्यक्रम अनलाईन माध्ययमबाट हुने छ। प्रतियोगिताको नतिजा अनलाईन मार्फतनै घोषणा गरिने छ। प्रतियोगिताको बारेमा केहि प्रश्न भएमा सम्पर्कको लागि +977 9849952887, poem@dream100.org मा सम्पर्क गर्न सक्नुहुने छ।

कविता पठाउने तरिका:

  • क. कविता पठाऊदा आफ्नो नाम, अध्ययनरत विद्यालयको नाम, कक्षा र सम्पर्क ठेगाना उल्लेख गर्नुपर्ने छ।
  • ख. कविता Microsoft Word मा नेपाली फन्टमा टाइप गरेर doc/docx/pdf format मा अथवा कुनै पानामा कविता लेखेर मोवाइल बाट तस्बिर लिएर पनि पठाउन सकिने छ।
  • ग. कविता पठाउनको लागी dream100.org/poem मा अपलोड गर्न सकिने छ अथवा poem@dream100.org मा पनि इमेल गर्न सकिने छ अथवा फेसबुक पेज https://www.facebook.com/dream100org मा गएर मेसेज मार्फत पनि कविता पठाउन सकिने छ।
  • घ. पठाइसकेको कविता फेरी थपघट गर्नु परेमा उल्लेखित म्याद भित्र फेरी पनि पठाउन सकिने छ। एक व्यक्तिको कविता धेरै पटक प्राप्त भएमा सबै भन्दा पछिल्लो पटक समाबेश भएको कविता निर्यणकर्तालाई उपलब्ध गराइने छ।

कविता बुझाउने अन्तिम मिति: फागुन ७ गते २१ गते शनिवार

कविता बुझाउने

अन्तिम नतिजा

ड्रिम हन्ड्रेड कविता प्रतियोगिताका लागि तोकिएको समयसीमा भित्र उपलब्ध भएका कविताहरु मध्ये रचना र वाचन शैली दुवैलाई मध्यनजर गर्दै हाम्रो तीन जना निर्णयकर्ताहरुको मूल्यांकनको आधारमा हामीले उत्कृस्ट तीन कविता र एक जना सान्त्वना गरि चार रचना छनोट गरेका छौँ।

  • प्रथम: कोरोनाको चपेटो र हामी बिधार्थी, रन्जना पौडेल
  • द्वितीय: मेरो प्यूठान, संघर्ष पोख्रेल
  • तृतीय: काेभिड महामारी, प्रतिक्षा के.सी.
  • सान्त्वना: बिद्यार्थी र कोरोना, माधब बराल मगर

छनोट भएका विद्यार्थीहरुलाई हामीले छिटै सम्पर्क गरेर पुरस्कार रकम र प्रमाण पत्र उपलब्ध गराउने छौँ । प्रतियोगितामा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई डिजिटल प्रमाणपत्र www.dream100.org मा उपलब्ध गराउने छौँ।